ग्वार्कोमा गुडिरहेको बस ट्याक्सीमाथि पल्टिदाँ तीन जना घाइते
मेरोन्यूज
२०७९ साउन ११ गते १२:५६

ग्वार्को । ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिएको छ। बुधबार बिहान ट्याक्सीमाथि बस पल्टिएको हो। बस सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको र विपरीत दिशाबाट ट्याक्सी आउँदै थियो।
प्रहरीका अनुसार बा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टेको हो। बस पल्टिएपछि एउटा मोटरसाइकल पनि लडेको छ।
बा ५९ प १५७७ नम्बरको मोटरसाइकल पल्टिएको हो। बस अनियन्त्रित भएर ग्वार्कोबाट आउँदै गरेको माछा बोकेको डिआइ गाडीलाई ठक्कर दिएर ट्याक्सीमाथि पल्टिएको प्रहरीले जनाएको छ।
अहिले एक जना यात्रुसहित तीन जना घाइते छन्। उनीहरूको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ।
ट्याक्सी चालक हेटौंडाका २७ वर्षीय सन्जोग घिसिङ र मोटरसाइकल चालक भक्तपुर घरका ३८ वर्षीय आशिष श्रेष्ठ छन्।
सम्बन्धित
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया