जब चिकित्सकका टोली हतारमा पुटिनको बेडमा पुगे…

एजेन्सी (मस्को)/ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वस्थ महसुस गरेका छन् । यही शनिबार पुटिनले ‘गम्भीर वाकवाकी’को गुनासो गरेपछि चिकित्सकहरूको दुई ओटा टोली भ्लादिमिर पुटिनको राष्ट्रपति कार्यालयमा पुगेका थिए ।
पुटिनलाई ‘तत्काल चिकित्सकी हेरचाह’ आवश्यक भएकाले प्यारामेडिक टोलीले थप चिकित्सक बोलाएको रूसी टेलिग्राम च्यानल जनरल एसभीआरलाई उद्धृत गर्दै इन्डिपेन्डेन्टले जनाएको छ ।
तीन घण्टासम्मको मेडिकल इमर्जेन्सीपछि क्रेमलिन नेताको स्वास्थ्यमा सुधार आएको थियो । उपचारपछि चिकित्सकहरू उनको कक्ष छोडेका थिए । ‘पुटिनलाई शुक्रवार जुलाई २२ देखि शनिबार जुलाई २३ को रातमा तत्काल चिकित्सा हेरचाहको आवश्यकता थियो’ उक्त च्यानलले लेखेको छ, ‘बिहान १ बजे उनकोे निवासमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीहरूलाई राष्ट्रपतिलाई बोलाइएको थियो ।’
‘पुटिनले गम्भीर वाकवाकीको गुनासो गरे । २० मिनेटपछि डाक्टरहरु को एक अतिरिक्त टोली बोलाइयो । डाक्टरहरूले सहयोग प्रदान गरे । उनीहरू तीन घण्टासम्म पुटिनको नजिक थिए ’, उक्त च्यानलले लेखेको छ ।
यसैबीच, पुटिनले फेब्रुवरीमा युक्रेनमाथि हमला गरेपछि उनलाई क्यान्सर वा पार्किन्सन रोग लागेको अनुमान गरिएको छ ।
पुटिन शारीरिक रूपमा कमजोर बनेका, उभिँदा असहज महसुस गरेका भन्दै पश्चिमा सञ्चार माध्यमहरूले उनको बारेमा विभिन्न टिकाटिप्पणी गर्दै आएका छन् । तर, पुटिन स्वस्थ र आनन्द रहेकाे क्रेमलिनले दाबी गर्दै आएकाे छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया