भिजिट भिसाको प्रयोग गरेर वैदेशिक रोजगारीमा नजान गृह मन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयले नेपालीहरूलाई भिजिट भिसा प्रयोग गरी वैदेशिक रोजगारीमा नजान आग्रह गरेको छ । बुधबार गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो जानकरी दिएको हो ।
पछिल्लो समय नेपाली नागरिकहरू भिजिट भिसामा विदेशमा गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हनेलगायत विभिन्न कठिनाइहरू भोगिरहेको समाचार, गुनासा तथा सूचनाहरू आइरहेको भन्दै मन्त्रालयले विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेको हो ।
भिजिट भिसा विदेशमा काम गर्ने, श्रम गर्ने, रोजगारीमा जाने भिसा नभई विशुद्ध भ्रमण प्रयोजनको लागि मात्र प्रयोग गर्नुपर्ने भिसा भएको र सो भिसा प्रयोग गरी विदेशमा काम खोज्ने, रोजगारीमा संलग्न हुने मनसाय राखी विदेश जाँदा काम नपाउने र अलपत्र पर्ने क्रम बढिरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
यसरी गैरकानूनी रूपमा विदेशमा गई समस्यामा परेका नागरिकहरुलाई उद्धार गरी स्वदेश ल्याउनुपर्ने अवस्थामा बिमा, क्षतिपूर्ति तथा राहत उपलब्ध गराउनसमेत सरकारसँग कुनै कानूनी आधार नरहेको र त्यस्ता व्यक्तिहरू झन ठूलो कठिनाइमा पर्ने अवस्था हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

















नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया