सेयर बजार २३.८३ अंकले बढ्यो
मेरोन्यूज
२०७९ साउन ११ गते १५:३७

काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार घटेको बजार बुधबार हरियाली भएर बन्द भएको छ।
मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो। सेयर अझै केही दिन बढ्ने संकेत दिएर बजार बन्द भएको छ।
आज तीनवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। एक सय ५६ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको छ। धेरै कारोबार हुने कम्पनीमा शिवम्, अरुण काबेली, नेस्डो, गुर्खाज फाइनान्स छन्।
बुधबार सेयर बजार २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ। यस दिन तीन अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ । गत शुक्रबार मौद्रिक नीति आएपछि यो साता आइतबार ६१.०५ अंक र सोमबार ५४.४५ अंकले बढेको थियो। जसलाई मौद्रिक नीतिको प्रभावका रुपमा अर्थ्याइएको थियो। मंगलबार ४४.८० अंकले घटेर बजार २०८८.१६ बिन्दुमा झरेको थियो।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै
प्रतिक्रिया