यु २० साफ: लगातार दोस्रो जितसंगै नेपाल शीर्षस्थानमा, श्रीलंका ३-० ले पराजित
मेरोन्यूज
२०७९ साउन ११ गते २१:३०

काठमाडौ । कप्तान आयुष घलानको उत्कृष्ट प्रदर्शनमा नेपालले यु-२० साफ च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकालाई ३-० अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।
कप्तान आयुषले एक गोल र एक असिस्ट गरेपछि बुधबार राति भारतको भुवनेस्वर स्थित कालिङा रंगशालामा नेपालले लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लियो ।
नेपालको जितमा आयुष, कृतिशरत्न छुन्जु र मनग्य नकर्मीले समान एक एक गोल गरे ।
जितसंगै नेपाल ६ अंक सहित शीर्ष स्थानमा उक्लियो । लगातार दोस्रो हारसंगै श्रीलंका बिना अंक पुछारमा छ ।
आज नै भएको पहिलो खेलमा घरेलु टोली भारतलाई २-१ अन्तरले पराजित गर्दै बंगलादेशले लगातार दोस्रो जित निकाल्यो । यद्यपि नेपालको जितसंगै बंगलादेश तालिकाको दोस्रो स्थानमा झरेको छ ।
सम्बन्धित
















अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया