टिपरको ठक्करबाट झापामा साइकल यात्रीको मृत्यु
मेरोन्यूज
२०७९ साउन ११ गते २१:५८

झापा । झापामा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न नसकेको झापा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार साढे ५ बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका-५ स्थित गीता पेट्रोल पम्प अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ क २१२ नम्बरको टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतकको पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको र टिपरसहित चालक मकवानपुर चुरेमाई नगरपालिका-५ बस्ने ३१ वर्षीय सुजन वाइबाले जनाएको छ ।
सम्बन्धित
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया