पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता

काठमाडौँ । पोखरामा आजदेखि सर्वाधिक धनराशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ ।
‘लोक संस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’को नारासहित स्थापना भएको कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालको आयोजनामा साउन १४ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा देशभरबाट गरी ४६ समूहको सहभागिता रहेको र सबै तयारी पूरा भएको प्रतिष्ठानले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले छ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । जुन पुरस्कार नेपालमा दोहारीतर्फको अहिलेसम्मकै सर्वाधिक राशिको रहेको उनको भनाइ छ ।
यसैगरी द्धितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः चार लाख, दुई लाख र एक लाख पुरस्कार पाउने छन् । उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई ५० हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रमबाट ५५ लाख आम्दानी भई खर्च ३९ लाख ५० हजार कटाएर १५ लाख ५० हजार बचत हुने अनुमान आयोजकको छ । प्रतियोगिताको पुरस्कारमा मात्र १४ लाख ५० हजार खर्च हुनेछ ।
एक समूहमा महिला र पुरुष एक÷एक जना गरी दुई जना रहने र समूहको वाद्यवादनलगायत टोलीको व्यवस्था आयोजकलेनै गर्ने कार्यक्रम संयोजक दाहालले बताए । लोकगायक, स्रष्टा, शिल्पी कल्याण शेरचनको स्मरणमा उनको जन्मजयन्तीका अवसर पारेर प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष क्या पूर्णबहादुर गुरुङ‘ह्योल्मो’ले बताए । उनका अनुसार प्रतियोगिताको उद्देश्य पोखरामा नेपाली लोकबाजा संग्रहालय निर्माण गर्नु रहेको छ ।
नेपाली लोकबाजाको संरक्षण, सम्बर्द्धन गर्न र शेरचनको प्रतिमा निर्माणको योजना प्रतिष्ठानले अघि सारेको हो । बचत रकमबाट लोकबाजा संग्रहालय स्थापना गरिने छ । कुना कन्दरामा गाइने नेपालीपन बोकेका मौलिक लय एवं भाकाका गीतहरु संकलन र गायनका साथै नेपाली लोकगीत, नृत्य र संस्कृतिको विकासमा योगदान पुर्याउनु भएका स्रष्टा शेरचनको विसं २०६७ माघ २४ गते पोखरामा निधन भएको थियो ।
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया