बीवाईडी कम्पनीको गाडीको मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौँ । विद्युतीय सवारी साधन उत्पादन गर्दै आएको कम्पनी बीवाइडी अटो इण्डष्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ । कम्पनीले विगत दुई महिनाअघि नै गाडीको मूल्य समायोजन गर्नु पर्ने अवस्था आएको जनाएको हो ।
कम्पनीले बजारमा देखिएको समस्याका कारण मूल्य स्थिर राख्न प्रयास गरेको थियो । विशेषत नेपालमा डलरको मूल्यसँग चीनलगायत तेस्रो देशबाट आउने गाडीको मूल्या प्रभावित हुने गरेको छ।
सुरुमा गाडाको मूल्य कायम गर्दा रहका डलर मूल्य र अहिलेको अवस्थामा करिब ७ प्रतिशतको अन्तर (डलरको मूल्य महंगो) भएकाले गाडीको मूल्य बढाउनु परेको कम्पनीको जनाएको छ ।
समायोजन मूल्यअनुसार बीवाइडी इ सिक्समा एक लाख ५० हजार रुपैयाँ थप गरी नयाँ मूल्य ५९ लाख रुपैयाँ कायम गरेको छ । यस्तै, एमथ्री मल्टीपर्पोज भ्यानमा एक लाख २ हजार रुपैयाँले मूल्य समायोजन गरी ४५ लाख ५२ हजार रुपैयाँ बनाएको छ ।
साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘हामीले सन् २०२१ मा नेपालमा बीवाइडी इ सिक्स सार्वजनिक गर्दा जुन मूल्य तोकेका थियौँ, निरन्तर त्यसमै बिक्री गरिरहेका थियौं, तर, पछिल्लो १५–१६ महिनामा डलरको एक्सचेञ्ज रेटमा वृद्धि भएकाले हामीले मूल्य बढाउनु परेको हो ।’
उनले यसअघि नै बुकिङ गरेर बसेका ग्राहकले भने पुरानै मूल्यमा गाडी पाउन जनाएका छन् ।
















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया