बञ्चरेडाँडाका स्थानीयबासीले रोके फोहोर बोकेको गाडी
मेरोन्यूज
२०७९ साउन १२ गते १२:१०

काठमाडौँ । काठमाडौँ महानगरको फोहोर बोकेका गाडीलाई स्थानीयबासीले रोकेको छ । फोहोर बोकेर गएको गाडीलाई बञ्चरेडाँडाका स्थानीयबासीले रोकेका हुन् ।
फोहोर बोकेको गाडी बञ्चरेडाँडामा पुगेपछि स्थानीयले रोकेपछि बाटोमै गाडीको लाइन लागेको छ । महानगरबाट करिब ६० वटा गाडी फोहोर बोकेर गएको थियो ।
काठमाडौं महानगरको फोहोर गत एक हप्तादेखि उठ्न सकेको थिएन । महानगरको सूचनासँगै आज बिहानैदेखि फोहोर संकलन सुरु भएको थियो । सोही अनुसार बिहान फोहोर बोकेका गाडीहरू बञ्चरेडाँडा गएको थियो ।
स्थानीयबासीले सडक निर्माण पूरा नहुँदासम्म फोहोर नल्याउन आग्रह गरेका छन् ।
सम्बन्धित















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया