आइतबार, माघ ४, २०८२

सुनको मूल्यमा वृद्धि, आज कति पुग्यो ?

मेरोन्यूज २०७९ साउन १२ गते १२:१८

काठमाडौँ । आज सुनको मूल्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो ।

सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार १५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया