उमेर घटाएर जागिर खाने डीएसपी सिंहलाई ८ महिना कैदको फैसला
मेरोन्यूज
२०७९ साउन १२ गते १६:१५

काठमाडौं । उमेर घटाएर नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा विशेष अदालतले नेपाल प्रहरीका एक प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई ८ महिना कैद सुनाएको छ । विशेष अदालतले डिएसपी रमेश सिंहलाई ८ महिना कैद सुनाएको हो । कीर्ते कागजातको कसुरमा उनलाई विशेष अदालतले यसअघि नै दोषी ठहर गरेको थियो । तर सजाय निर्धारण हुन बाँकी थियो । पूर्णपाठ सार्वजनिक भएसँगै सिंहलाई ८ महिना कैद सजाय तोकेको प्रस्ट भएको हो । यस्तै उनलाई १५ हजार रुपैयाँ जरिवाना पनि हुने फैसलामा उल्लेख छ ।
डीएसपी सिंहले जन्म मिति २०३२ साललाई २०३३ साल बनाएर नक्कली प्रमाण पत्र पेश गरी प्रहरी निरीक्षकमा भर्ना भएको विशेष अदालतले ठहर गरेको हो ।
सम्बन्धित
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया