‘लाखे’ को प्रिमियर शोमा राष्ट्रिय कलाकारलाई सम्मान गरिने

चितवन । सस्पेन्स र थ्रिलर फिल्म ‘लाखे’ को चितवनमा प्रिमियर शो हुने भएको छ । ३१ भदौबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको यो फिल्मलाई चितवनमा लक्की मिडिया हाउसले आगामी २९ भदौमा प्रिमियर शो गर्न लागेको हो ।
शोमा ‘लाखे’ का कलाकारसँगै अन्य राष्ट्रिय कलाकारहरूलाई पनि सम्मान गरिने मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले जानकारी दिए । लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली फिल्मका कलाकारहरूको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो तथा च्यारिटी शो गर्दै आएको छ ।
सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारीको अभिनय छ ।
गणेश मल्ल ठकुरीको प्रस्तुति रहेको चलचित्रको कथाकार र निर्माता सिजन अर्याल हुन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन छ । फिल्मको पटकथा, संवाद आकाश बरालले लेखेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको फिल्मका गीतमा दीपक बज्राचार्यको संगीत छ ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया