शिव परियारको रक मेलोडीको गीत ‘रिमझिम यादहरू’ सार्वजनिक

काठमाडौं । गायक शिव परियारको स्वरमा रहेको रक मेलोडीको गीत ‘रिमझिम यादहरू’ सार्वजनिक गरिएको छ । आधुनिक, शास्त्रीय तथा गजल गायनमा पोख्त रहेका गायक परियारको पहिलो रक मेलोडीको गीत ‘रिमझिम’ सार्वजनिक गरिएको हो ।
दुई दशकभन्दा लामो समयदेखि गायन क्षेत्रमा रहेका गायक परियारले पहिलोपटक रक मेलोडीको गीत रिमझिममा स्वर दिएका हुन् ।
‘२२ वर्षदेखि गायन क्षेत्रमा छु । पहिलोपटक रक मेलोडीमा स्वर दिएको छु । सुरुमा गर्न सक्दिनँ कि भन्ने थियो । तर, न्यायपूर्वक गाएको छु,’ गायक परियारले भने, ‘दर्शक र स्रोताले मन पराउनुहुन्छ भन्ने विश्वास छ ।’
अमेरिकामा रहेका सर्जक स्रष्टा अनुप पहारीको रिमझिम यादहरूमा शब्द सृजना र संगीत छ । सर्जक पहारीको शब्द र संगीतमा रक मेलोडीमा स्वर दिन चुनौती भए पनि न्याय गर्न सकेको गायक परियारको भनाइ छ ।
मनोसंवाद शैलीमा प्रेमकथामा रहेको उक्त गीतमा हरेक स्रोताले आफ्नै कथा भेट्न सक्ने उनको दाबी छ ।
फूलबुट्टे सारीजस्ता चर्चित गीतको भिडियो निर्देशन गरेका राजेश पुमा राईले निर्देशन गरेको रिमझिम यादहरुको भिडियोमा निराजन प्रधान र करूणा श्रेष्ठलाई फिचरिङ गरिएको छ ।
उत्सव दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । सर्जक अनुप पहारी निर्माता रहेको गीतको भिडियोमा क्रियटिभ डाइरेक्टरको रुपमा राजु गुरुङ छन् ।
भिडियो लिंक स् जततउकस्ररधधध।थयगतगदभ।अयmरधबतअजरुख.जज्ब्कीकयप्इद्यन
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया