हङकङमा गुरुङको शंकास्पद मृत्यु भएको परिवारको दाबी

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका घर भइ हाल हङकङ बसिरहेका धनराज गुरुङ मृत फेला परेको घटनालाई परिवारले शंकास्पद मानेका छन् ।
गुरुङ हङकङको किंसपार्कमा ठूलो र अग्लो रुखमा झुण्डिएको अवस्थामा गत ५ असारमा मृत फेला परेका थिए । इभिनिङ वार्कमा निस्किएका गुरुङको मृत्युको कारण स्पष्ट नभएकाले परिवारले घटनालाई शंकास्पद मानेका छ ।
बेलायतमा रहेकी श्रीमतीलाई ४ असारमा अंग्रेजीमा ‘अट्याक्ड’ लेखेर मेसेज पठाएको, मान्छे चढ्नै मुस्किल पर्ने रुपमा झुण्डिएको भनिएको, मृतकका आफन्त पुग्न अगावै शवलाई जमिनमा झारिसकेको, प्रयोग भएको भनिएको डोरी प्रहरीले अनुसन्धानका लागि लगिसकेको भनिएको लगायतका आधारमा परिवारले घट्नालाई शंकास्पद मानेको हो ।
गुरुङ आफैँ पनि ढाडको समस्याबाट पीडित थिए । त्यो अवस्थाको मान्छे रुखमा चढेर झुण्डिएको विषयलाई आफन्तले पत्याएका छैनन् । हङकङ प्रहरीले भने गुरुङको आत्महत्या भएको दाबी गरेको पीडित आफन्तको भनाइ छ ।
गुरुङको शव १० साउनमा काठमाडौं ल्याएर स्वयम्भुमा दाहसंस्कार गरिएको छ । तर, परिवारले उनको मृत्युलाई शंकास्पद ठानेपछि शव बुझ्नुअघि पाथेका समाज काठमाडौंको पहलमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमै पत्रकार सम्मेलन गरेर सत्यतथ्य बुझ्न माग गरेको थियो ।
गुरुङको मृत्युको विषयमा नेपाल सरकार र हङकङ सरकारले थप अनुसन्धान र खोज गर्नुपर्ने पारिवारको माग छ

















लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन कांग्रेसको आग्रह
Bangladesh nationalists claim big election win, Islamists cry foul
PM tabling Muslim Commission’s report in National Assembly
Prime Minister Karki in Taplejung
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया