युवा रक्षक जुलेस कोउन्डे बार्सिलोनामा
मेरोन्यूज
२०७९ साउन १३ गते ८:३७

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सका सेन्टर ब्याक जुलेस कोउन्डेलाई सेभियाबाट ५०मिलियन युरोमा अनुबन्ध गरेको छ ।
क्याटलान क्लब बार्सिलोनाले २३ वर्षीय कोउन्डेको सम्झौता भएको र अब मेडिकल टेस्ट हुने बताएको छ ।
सन् २०२१ मा फ्रान्सबाट डेब्यु गरेका कोउन्डेले ११ क्याप जितेका छन् । उनले नेसन्स लिगमा स्पेनविरुद्ध डेब्यु गरेका थिए ।
युवा रक्षकलाई भित्राउन इंग्लिस क्लब चेल्सी समेत अग्र स्थानमा रहेको थियो । कोउन्डेले सेभियाका लागि १३३ खेल खेलेका छन् । सन् २०१९ मा बोर्डेउक्सबाट सेभिया आएपछी कोउन्डेले युरोपा लिगको उपाधी हात पारेका थिए ।
प्रशिक्षक जाभिले कोउन्डे अघि पोल्यान्ड स्ट्राइकर रोबर्ट लेवान्डोस्की, ब्राजिल स्ट्राइकर राफिन्हा, डेनमार्क डिफेन्डर क्रीस्टेन्सनलाई अनुबन्ध गरिसकेका छन् ।
सम्बन्धित
















जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
कांग्रेस अनुशासन समितिकाे बैठक बस्दै
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया