धनगढीमा चौपायलाई ठक्कर दिई मोटरसाकइल पल्टिदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ साउन १३ गते ११:१०

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा हिजो बेलुकी सडकमा रहेको चौपायलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
अत्तरियाबाट धनगढीतर्फ आउदै गरेको से ६ प ८०२८ नम्बरको मोटरसाइकल सडकमा रहेको गाईलाई ठक्कर दिएर पल्टिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ विशालनगरका ४४ बर्षीय विरेन्द्र शर्मा र पछाडी सवार सोही उपमहानगरपालिका–१ बस्ने अन्दाजी ५५ बर्षीय निर्मल हमाल घाइते भएका थिए ।
दुवै घाइतेलाई उपचारको लागी धनगढी स्थित मायामेट्रो अस्पताल पठाइएकोमा उपचारकै क्रममा हमालको मृत्यु भएको हो ।
शवलाई पोष्टमार्टको लागी सेती प्रादेशिक अस्पताल धनगढी पठाईएको छ । घाइते भएका चालकको अवस्था सु्धारोन्मुख रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया