धनगढीमा चौपायलाई ठक्कर दिई मोटरसाकइल पल्टिदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ साउन १३ गते ११:१०

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा हिजो बेलुकी सडकमा रहेको चौपायलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
अत्तरियाबाट धनगढीतर्फ आउदै गरेको से ६ प ८०२८ नम्बरको मोटरसाइकल सडकमा रहेको गाईलाई ठक्कर दिएर पल्टिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ विशालनगरका ४४ बर्षीय विरेन्द्र शर्मा र पछाडी सवार सोही उपमहानगरपालिका–१ बस्ने अन्दाजी ५५ बर्षीय निर्मल हमाल घाइते भएका थिए ।
दुवै घाइतेलाई उपचारको लागी धनगढी स्थित मायामेट्रो अस्पताल पठाइएकोमा उपचारकै क्रममा हमालको मृत्यु भएको हो ।
शवलाई पोष्टमार्टको लागी सेती प्रादेशिक अस्पताल धनगढी पठाईएको छ । घाइते भएका चालकको अवस्था सु्धारोन्मुख रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिक्रिया