ज्यान धम्कीपछि सलमानले किने बुलेट प्रुफ कार
मेरोन्यूज
२०७९ साउन १३ गते १३:५७

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई कैयौंपटक ज्यानको धम्की आइसकेको छ । हालै मात्र सलमानलाई पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी ग्याङस्टार लरेन्स विश्नोईले ज्यानको धम्की दिएका थिए ।
प्रहरीले गरेको अनुसन्धानमा लरेन्सले सलमानको हत्याका लागि सुपारीसमेत दिएको खुलेको थियो । सुपारी पाएका सुटर हत्याका लागि मुम्बईसम्म पुगेका थिए । यसपछि मुम्बई प्रहरीले सलमानको सुरक्षा कडा पारेको थियो ।
सलमानले हालैमात्र मुम्बईका पुलिस कमिसनरसँग भेटेर लाइसेन्सवाला हतियार राख्ने विषयमा छलफल गरेका छन् । सलमानले हालै मात्र आफ्नो सुुरक्षाका लागि बुलेट प्रुफ गाडी किनेका छन् । उनले आफू चढ्दै आएको ल्यान्डरोभर गाडीको सा सेतो रंगको बुलेटप्रुफ गाडी किनेका हुन् । उनले हतियारयुक्त सुरक्षाकर्मी पनि सँगै लिएर हिँडने गरेका छन् ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया