नक्कली विवाह गरी हत्या गर्ने ६ जना पक्राउ, एकै जनाले पाए बीमाबाट आएको ८० लाख

बाँके । जिल्लाको कोहलपुरका २१ वर्षीय सर्जन बिकको हत्या भएको छ । उनको हत्या आरोपमा छ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
ठूलो रकमको बीमा गरेर युवकको हत्या गरी भुक्तानीसमेत लिइसकेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दुई जना महिला र चार जना पुरुष रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मृतकसँग नक्कली विवाह गरी बीमाबाट प्राप्त दुई करोड ५० लाख लिएकी २१ वर्षीया सपना मल्ल, मुख्य योजनाकार ३१ वर्षीय सञ्जीव अर्याल, सञ्जीव अर्यालसँग चिनजान तथा बीमा एजेण्ट ३२ वर्षका सरदार अहमद खाँ, सपना मल्ललाई विदेश लैजाने भनेर चिनाइएका व्यक्ति ३३ वर्षका टोपबहादुर राना क्षेत्री, काठमाडौंमा बीमाको भुक्तानि लिन सपना मल्ललाई ल्याउने ३८ वर्षका दीपक केसी र विवाह गरेर विदेश जाँदा फाइदा हुन्छ भनेर प्रतिवादी सपना मल्ललाई सञ्जिवसँग चिनजान गराउने वर्ष २१ की ललिता सापकोटा रहेका छन् ।
यो गिरोहले गरिब परिवारका विकको परिवारलाई डिपेण्डेण्ट भिसामा अष्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई दुई करोड ५० लाख रुपैयाँको बीमासमेत गराएको पाइएको छ । नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखेर बैंक खाता खोलिएको र बीमा गराइएको पाइएको प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले बताए ।
उनले वार्षिक आम्दानी दुई लाख मात्रै भएका युवकको दुई करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइएको र ती युवकलाई योजनामै हत्या गरिएको पाइएको बताए । हत्यापछि इन्सुरेन्सबाट आएको पैसा गिरोहका सदस्यहरूले बाँडेर लिएको पाइएको छ ।
उनले सपना मल्लको खातामा आएको दुई करोड ५० लाख रुपैयाँमा ८० लाख ३६ हजार रुपैयाँ सञ्जिव अर्यालको खातामा, ६० लाख दीपक केसीको खातामा, सपनाकी आमा छविकुमारी मल्लको खातामा १७ लाख ४६ हजार, सपना मल्लाको खातामा ४६ लाख ८९ हजार रहेको बताए ।
उक्त रकमबाट दुई लाख ३ हजार पाँच सय एटीएम कार्डबाट निकालिएको, स्वाइप गरेर निकालिएको रकम द’ई लाख ६९ हजार ९ सय र ५ हजार ३१६ रुपैयाँ रिचार्ज गरिएको पाइएको महानिरीक्षक सुवेदील बताए । मृतकसँग एकपटक विवाह दर्ताका बेलामा मात्रै भेट भएकाले विवाह नक्कली भएको उनले दाबी गरे ।
दुई करोड ५० लाख रुपैयाँ बराबरको इन्सुरेन्स गराइएका बिकको २०७८ वैशाख २ गते बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको बताइएको थियो । मोटरसाइकल चलाउने लाइसेन्ससमेत नभएका बिकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनिबसले ठक्कर दिएपछि बिकको मृत्यु भएको थियो ।
सवारी दुर्घटनामा युवकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइएकामा २०७८ माघ २५ मा फैसला हुँदा रानालाई एक महिना कैद र दुई हजार रुपैयाँ जरिवाना गरी छाडिएको थियो ।
मुद्दा सकिएलगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी गिरोहले रिलायन्स इन्सुरेन्सबाट द’ई करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए ।

















पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट
ठगीको अभियोगमा तीन जना पक्राउ
बंगलादेशमा बीएनपीलाई बहुमत, ३५ वर्षपछि पुरुष प्रधानमन्त्री बन्दै रहमान
राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री
विश्वकपमा आज तीन खेल, पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा हुँदै
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया