नेपाल बैंकको डबल धमाका खाता सुरु
मेरोन्यूज
२०७९ साउन १३ गते १९:३०

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ‘नेपाल बैंकको डबल धमाका मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुने छ ।
यस्तै, संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुई गुणा हुने बैंकले जनाएको छ । त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा ६ वर्ष ११ महिना २ दिनमा दुई गुणा हुने छ । यो मुद्दती खाता खोल्ने ग्राहकहरुले ५ लाखसम्मको क्रेडिट कार्ड सुविधालगायत अन्य आकर्षक सुविधा पनि प्रदान गरेको छ ।
नेपालभरका सम्पूर्ण शाखामार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ । नेपालभर २१९ शाखाहरु, १८३ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई वित्तीय सेवा दिँदै आएको छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया