मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने पक्का : प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशसभाको निर्वाचन हुने बताएका छन् ।
शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्य समितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन् । उनले सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने बताएका थिए ।
‘मंसिर ४ गते त निर्वाचन हुँदैछ, पक्कापक्की छ, केही दिनमा त्यो घोषणा हुन्छ औपचारिक रुपमा,’ उनले भने, ‘नेपाली कांग्रेसको कमजोरी भनेको प्रचारमा छ, हामी आफ्नो पार्टीको विचार संस्थागत विचार राख्न चासो राख्दैनौँ, कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा हाम्रो धेरै चासो र चिन्ता छ, यसमै लाग्ने हो भने हामी आफ्नो मूल लक्ष्यबाट टाढा हुन्छौँ ।’
प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्नसमेत निर्देशन दिए । कांग्रेसभित्र पार्टीको विचार संस्थागत राख्न चासो नदिने गरेको बताएका थिए । उनले कांग्रेसमा कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा धेरै चासो हुने गरेको बताए ।
















होर्मुजमा अमेरिकी जहाजलाई इरानले गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
पोखरामा गाडी दुर्घटना हुँदा १० जना घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया