दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु
मेरोन्यूज
२०७९ साउन १४ गते ८:२०

दाङ । दाङमा स्कुल बसले ठक्कर दिंदा एक बालिकाको मृत्यु भएको छ ।
शुक्रबार बेलुका गढवा गाउँपालिका-७ मानपुरका भीमसेन थापाकी तीन वर्षीया छोरी पूजा थापाको न्यु मुनराइज बोर्डिङ स्कुलको ना६ख ६४३२ नम्बरको बसको टायरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
बालिका थापा बसबाट ओर्लने क्रममा पछाडिको टायरले किच्दा गम्भीर घाइते भएकी थिइन । घाइते बालिकालाई उपचारका लागि लमही अस्पताल पुर्याइए लगत्तै उनको मृत्यु भएको थियो । प्रहरीले विद्यालयको बस र चालकलाई नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया