प्रचण्डको चेतावनी : कांग्रेसले सहयोग नगरे सहज हुँदैन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र प्रदेशसभा निर्वाचनमा माओवादी दोस्रो ठूलो दल बन्ने दाबी गरेका छन् । पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा उनले कांग्रेसका नेतासँग माओवादीलाई सहयोग नगरे सहकार्य सहज नहुने चेतावनी दिएको बताए ।
‘कम्तीमा लेफ्ट मुभमेन्टको पहिलो हुने सम्भावना छ, मैले नेपाली कांग्रेसको नेतासँग कुरा गर्दा भनेको छु,’ प्रचण्डले भने, ‘सायद पहिलो अहिले तपाईंहरु नै हुनुहुन्छ, त्यो देखियो, दोस्रो माओवादी केन्द्र हुने हो त्यसमा सहयोग गर्ने हो भने सब चिज सहज जान्छ, नभए जाँदैन ।’
उनले एकपटक देशको बागडोर माओवादीको हातमा आउने भन्दै पछिसम्म सम्झने गरी काम गर्ने बताए । संघ र प्रदेशको निर्वाचनमा अहिलेकै गठबन्धन हुने भन्दै उनले स्थानीय तहको निर्वाचनमा भएका गल्ती सुधार्ने बताए ।
‘स्थानीय तहमा तालमेल गठबन्धन जटिल थियो, माथिबाट टिकट वितरण गर्न सकिँदैनथ्यो, हजारौंलाई टिकट वितरण गर्दा अनेक समस्या आए, प्रदेश र संघमा सजिलो छ, माथिबाटै मान्छे हेरेर टिकट बाँड्न पाइन्छ,’ उनले भने ।
















यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
‘धुरन्धर २’ ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड, बन्याे सर्वाधिक कमाउने दोस्रो भारतीय फिल्म
गर्मीमा खानै हुन्न यी खानेकुरा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया