व्यक्तिभन्दा पार्टी पपुलर हुने गरी अभिव्यक्ति दिन कांग्रेस नेता सिंहको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका नेता कार्यकर्ता सबैले पार्टीको दायराभित्र बसेर अभिव्यक्ति दिनु पर्ने बताएका छन् । कांग्रेस कार्यकर्ता भएपछि उसले हरेक गतिविधिले समाजमा कांग्रेसप्रतिको दृष्टिकोण तय हुने भएकाले सबै जना जिम्मेवार बन्नु पर्ने उनले बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौँ १ ले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता सिंहले यस्तो धारणा राखेका हुन् । मुलुकको अर्थतन्त्रमा संकट देखिनुको प्रमुख जिम्मेवार कम्युनिष्ट पार्टीहरू भएको समेत उनले आरोप लगाए । कांग्रेस कार्यकर्तालाई अब सामाजिक सञ्जालदेखि सम्रग गतिविधिमार्फत चुनावी माहोल निर्माण गर्ने उनले निर्देशन दिए ।
मुलुकमा देखिएका समस्याको समाधान कांग्रेसबाहेक अरु दलले गर्न सक्दै भन्ने स्थापित भइसकेको विगतका राजनीतिक घटनाक्रमले पुष्टि गरिसकेको समेत उनले बताए । कांग्रेसले गरेका देशका उपलब्धिलाई आआफ्नो ठाउँबाट प्रचारप्रसार गर्नसमेत उनले आग्रह गरे ।
कांग्रेस पार्टीभित्रको एकता बलियो भएमात्रै मुलुकका सामु देखिएका चुनौती सामना गर्न सकिने भन्दै उनले सार्वजनिक मञ्च वा सामाजिक सञ्जालबाट पार्टी निर्णयभन्दा फरक धारणा राख्दा व्यक्ति पपुलर होला, तर कांग्रेस कमजोर हुने बताए ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया