प्रधानमन्त्री बन्ने प्रचण्डको इच्छा, भने : हाम्रो हातमा देशको बागडोर आउँछ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् । शनिबार माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् ।
उनले आफ्ना लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने अवसर आउने बताउँदै आफ्नो जीवनको अन्तिम र स्मरण योग्य हुने बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले आफ्ना लागि आगामी संघ र प्रदेशसभा निर्वाचनमा पार्टीलाई पहिलो बनाउनु र देश विकास कसरी हुन्छ भन्ने कुरा देखाउनु प्रमुख लक्ष्य रहेको बताए ।
‘कम्तिमा लेट्फ मुभमेण्टको पहिलो हुने पूरै सम्भावना छ, मैले नेपाली कांग्रेसका नेताहरुलाई भनेको छु, अहिले पहिलो पार्टी त तपाईहरु नै हुने देखियो तर माओवादी दोस्रो हुनुपर्छ, त्यसमा सहयोग गर्ने हो भने सबै सहयोग हुन्छ नत्र हुँदैन भनेको छु,’ उनले भने, ‘यसमा हाम्रो नेतृत्व तहमा राम्रो समझदारी छ, योपटक स्थानीय चुनावको जस्तो हुन दिइँदैन, त्यसले हामीलाई अघि जान ठूलो मद्दत गर्ने छ, त्यसरी जाँदा हाम्रो हातमा एकपटक बागडोर आउँछ, हामीले यसरी विकास, सुशासन, समृद्धि भनेर देखाउनु छ, मलाई भन्नुहुन्छ भने यो मेरो लास्ट इनिङ होस्, यो लास्ट इनिङपछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु ।’
उनले माओवादी केन्द्र दोस्रो शक्ति बनाउने गरी नेपाली कांग्रेसले सहयोग नगरे गठबन्धनमा सहयोग नगर्ने चेतावनी दिएको बताए । यस्तै, उनले नेत्रविक्रम चन्द, मोहन वैद्य र पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराई माओवादी नभएको दाबी गरे । उनले गत स्थानीय तहको निर्वाचनले नेपालमा रहेको एकमात्र माओावदी (माओवादी केन्द्र) मात्रै रहेको दाबी गरे ।
















ओमानमाथि नेपालको सानदार जित
मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग
थलापति विजयका ड्राइभरका छोरा बने विधायक
गण्डकीमा कांग्रेसले बनायो प्रकाश बराललाई प्रमुख सचेतक
सरकारले समस्याग्रस्त सहकारी बचतकर्ताको बचत जेठदेखि फिर्ता गरिने
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया