छुरा प्रहार गरी पाँच लाख रुपैय लुटियो
मेरोन्यूज
२०७९ साउन १४ गते १८:१२
काठमाडौँ । महोत्तरीको गौशाला सम्सी सडक खण्डमा छुरा प्रहार गरी एक व्यापारीको पाँच लाख रुपैयाँ लुटिएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका ७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि अज्ञात समूहले छुरा प्रहार गरी पैसा लुटेको हो ।
आफ्नै गाउँमा बैष्णवी मनी ट्रान्सफर सञ्चालन गर्दै आएका अरुण शुक्रबार गौशालाबाट रकम बोकी प्र २-०२-००४ प ३३४७ नम्बरको मोटरसाइकलमा घर जाँदै थिए । मोटरसाइकलमा आएका तीन जनाले छुरा प्रहार गरी उनीसँग भाएको रकम लुटेको थियो ।
अरुणको मोटरसाइकल रोकी निजको तिघ्रामा छुराले हानेर घाइते बनाई रकम लुटेर उनीहरू भागेका थिए । छुरा प्रहारबाट घाइते भएका अरुणको गौशालास्थित पोलिक्लिनिकमा उपचार भइरहेको छ । लुटेराको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
‘धुरन्धर २’ ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड, बन्याे सर्वाधिक कमाउने दोस्रो भारतीय फिल्म
गर्मीमा खानै हुन्न यी खानेकुरा
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया