इरानमा बाढीबाट ५९ जनाको मृत्य, ३० बेपत्ता
मेरोन्यूज
२०७९ साउन १५ गते १५:५३

काठमाडौँ । अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी इरानका विभिन्न भागमा ५९ जनाको ज्यानको मृत्यु भएको छ । घटनामा ३० जना बेपत्ता भएका छन् ।
रेड क्रिसेन्ट सोसाइटीका अनुसार ६० वटा शहर, पाँच सय १६ गाउँ, ८५ वटा सम्पर्क सडक बाढीबाट प्रभावित भएका छन् । हालसम्म एक हजार ३३२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको, पाँच हजार दुई सय १५ जनालाई खाना र बासको प्रबन्ध गरिएको, ९४४ जनालाई उद्धार गरिएको छ ।
राष्ट्रपति इब्राहिम राइसीले मन्त्री, देशभरका संघ संघठनका प्रमुख तथा मुलुकका अन्य प्रशासकलाई सम्भावित बाढीबाट जनधनको रक्षाका निम्ति उपलब्ध स्रोत साधन परिचालन गर्न निर्देशन दिएका छन् ।
सम्बन्धित









एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया