शाओमीको रेड्मी १० ए स्मार्टफोन नेपालमा

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १० ए नेपाली बजारमा सार्वजनिक गरेको छ । किफायती मूल्यमा रेड्मी १० सिरिजको पछिल्लो नवीनतम उपकरण रेड्मी १० ए प्रयोगकर्ताको उत्पादकता बढाउन समर्पित छ ।
‘टेक्नोलोजीको सन्दर्भमा शाओमीले आफ्नो सिमा फराकिलो पार्दै स्मार्टफोनको विस्तृत दायराको साथ औधोगिक बेञ्चमार्क पार गरेको छ, ग्राहकको रेडमीप्रतिको विश्वासले हामीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्ड स्थापित गरी रेडमी सिरिजलाई देशमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिज बनाएको छ,’ लञ्चका बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पण्डाले भने, ‘क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्य सम्पादन र पावर–प्याक ब्याट्रीको सुधारको साथ हामीले रेड्मी १०ए बजारमा ल्याएका छौँ ।’
रेड्मी १०एको ठूलो ६.५३ इञ्चको एचडी डिस्प्लेले भिडियो तथा मनपर्ने कन्टेन्ट हेर्नका लागि सहज हुने भएको छ । अन्य इन्ट्री लेभल स्मार्टफोनको तुलनामा यसमा भएको थ्री डी कर्भड ब्याकले प्रयोगकर्तालाई सहज अनुभव प्रदान गर्दछ । साथै यसमा पछाडि रहेको फिंगरप्रिन्ट सेन्सरले यसलाई पहिलेभन्दा अझ सुरक्षित बनाउँछ ।
यसमा रहेको १३ एमपी मेन क्यामेरा र २ एमपी देप्थ क्यामेरा सेन्सरले प्रयोगकर्तालाई सोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज रूपमा रेकर्ड गर्न मद्दत गर्दछ । रेड्मी १० एमा पावर अपको लागि जी २५ प्रोसेसर जडित छ । जुन २.० गिगाहर्जसम्मको क्षमता रहेको अक्टा कोर सीपीयू हो ।
यसमा लामो समयसम्म चल्ने पाँच हजार एम्पिएर ब्याट्री जडित छ । जसले प्रयोगकर्तालाई पूरा दिन सक्रिय रहन मद्दत गर्दछ । रेड्मी १० ए बजारमा ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काई ब्लू गरी तीन रंगमा उपलब्द छ । यो फोन २ जीबी +३२ जीबी र ३ जीबी +६४ जीबी स्टोरेज भेरियन्टमा आउँदछ । जसको मूल्य क्रमशः १३,९९९ र १५,९९९ रहेको छ ।
















बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया