फिलिपिन्सका पूर्वराष्ट्रपति रामोसको निधन
काठमाडौँ । फिलिपिन्सका १२ औँ राष्ट्रपति फिडेल रामोसको निधन भएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट ९४ वर्षको उमेरमा उनको आज दिउँसो निधन भएको हो ।
राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसका सञ्चार संयोजक रोज बिट्रिक्स क्रुज एन्जेल्सले पूर्वराष्ट्रपति रामोसको निधनको पुष्टि गरेकी छन् । “राष्ट्रपति फिडेल वी रामोसको निधनबारे थाहा पाउँदा धेरै दुःख लागेको छ, उहाँले सैनिक अधिकारी एवम् प्रमुख कार्यकारीको रूपमा हाम्रो देशमा भएका ठूला परिवर्तनमा आफ्नो सहभागिताका लागि इतिहासमा सुरक्षित स्थान छोड्नु भएको छ,” पूर्वराष्ट्रपतिका परिवार, मित्र, सहपाठी र सहयोगीमा गहिरो समवेदना व्यक्त गर्दै सञ्चार संयोजकले भनेकी छन् ।
पूर्वराष्ट्रपति रामोसको परिवारले पनि आफ्ना अभिभावकको मृत्युबारे औपचारिक वक्तव्य जारी गरेको छ । “हाम्रो गोपनीयताको सम्मान गर्नु भएकोमा हामी सबैलाई धन्यवाद दिन्छौँ, किनकी परिवारसँगै शोकमा रहन केही समय लाग्छ,” वक्तव्यमा भनिएको छ ।
“राष्ट्रिय प्रतिरक्षा विभाग पूर्वराष्ट्रपति रामोसको निधनमा शोकाकूल भएको छ, र राष्ट्रको साथमा छ,” राष्ट्रिय प्रतिरक्षा विभागका प्रवक्ता आर्सेनियो एन्डोलोङले फिलिपिन्सको सशस्त्र बलको आधुनिकीकरण र व्यावसायिकताको श्रेय रामोसलाई दिँदै भनेका छन् । राष्ट्रपति बन्नुअघि एक सम्मानित सिपाही, कूटनीतिज्ञ र राष्ट्रिय रक्षामन्त्रीका रूपमा उनले रामोसलाई सम्झेका छन् ।
फिलिपिन्सको सेनामा प्रवेश गर्नुअघि रामोसले न्यूयोर्कस्थितको अमेरिकी सैन्य प्रतिष्ठान र संयुक्त राज्य अमेरिकाको इलिनोइ विश्वविद्यालयमा अध्ययन गरेका थिए । उनले फिलिपिन्सको सशस्त्र बलको प्रमुखको रूपमा पनि काम गरेका थिए । राष्ट्रपतिको रूपमा उनले करका दर र अर्थतन्त्रमा सुधारहरूलाई प्रोत्साहित गर्दै दक्षिणपूर्वी एसियाली देशको अर्थतन्त्रको पुनरुत्थानमा योगदान गरेका थिए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया