शनिबार, माघ १०, २०८२

काभ्रेस्थलीमा हत्या गरिएका चारै जनाको पहिचान खुल्यो, मृतक चारै जनाको स्थायी घर गोरखा

मेरोन्यूज २०७९ साउन १६ गते १३:४४

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत फेला परेका एकै परिवारका चार जनाको पहिचान खुलेको छ ।
उपत्यका अपराध अनुसन्धानका अनुसार एकै परिवारका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको विभत्स तरिकाले हत्या भएको हो ।

गोरखा भीमसेन गाउँपालिका–६ बोर्लाङ नारनपुर स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका पाण्डे परिवारका सदस्य सोमबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया