काभ्रेस्थली घटना : फरेन्सिक डा. गोपाल चौधरीसहितको टोली अनुसन्धानमा खटियो
मेरोन्यूज
२०७९ साउन १६ गते १५:३७

काठमाडौँ । काठमाडौँको तार्केश्वर नगरपालिका २ पदमसालमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेको विषयमा फरेन्सिक डा. गोपाल चौधरीसहितको टोली अनुसन्धानमा खटिएको छ ।
सोमबार बिहान एक तले घरमा गोरखाको भिमसेनथापा ६ अश्राङ स्थायी घर भई तार्केश्वर नगरपालिका २ पदमसालमा बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी ३९ वर्षीया श्रीमती सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षे छोरा आशिक मृत अवस्थामा फेला परेका थिए ।
काठमाडौँ प्रहरी परिसरबाट प्रहरी उपरीक्षकसहितको टोली र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोली, प्रहरी वृत्त बालाजुबाट प्रहरी अधिकृतसहितको अनुसन्धानमा खटिएको छ ।
साथै, अनुसन्धानमा त्रि.वि. शिक्षण अस्पतालबाट फोरेन्सिक डा. गोपाल चौधरी र डा. आयुष उपाध्यायसहितको टोली खटिएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
















भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया