शनिबार, पुष १२, २०८२

देशभर झण्डै नौ सय जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

मेरोन्यूज २०७९ साउन १६ गते १६:०१

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८९५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोही अवधिमा एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल पाँच हजार ९०९ परीक्षण हुँदा ८९५ जनामा संक्रमण देखिएको हो । यस्तै, पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या चार हजार ९३४ पुगेको छ ।

प्रतिक्रिया