वेस्ट इन्डिजसँग भारत ५ विकेटले पराजित
मेरोन्यूज
२०७९ साउन १७ गते ६:५८

काठमाडौं / वेस्ट इन्डिजले दोस्रो टी २० खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै पाँच खेलको शृंखला १-१ को बराबरीमा पुर्याएको छ । १३९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
ओपनर ब्रेन्डन किंगले सर्वाधिक ६८ रन बनाए । भारतका अर्शदीपसिंह, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, आवेश खान र हार्दिक पान्ड्याले एक एक विकेट लिए ।
त्यस अघि टस हारेर पहिला ब्याटिङ गरेको भारत १९.४ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटियो । भारतका हार्दिक पान्ड्याले सर्वाधिक ३१ रन बनाए । यस्तै, रविन्द्र जडेजाले २७ र ऋषभ पन्तले २४ रनको योगदान गरे ।
बायाँ हाते तीव्र गतिका बलर ओबेद म्याककोयको कीर्तिमानी ६ विकेटसँगै भारतका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् ।
यसअघि पहिलो खेलमा भारत ६८ रनले विजयी भएको थियो । तेस्रो खेल आज हुनेछ ।
सम्बन्धित
















जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया