‘वर्थ डे केक’ मा नशालु पदार्थ मिसाइ लुटपाट
लुटपाट गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिक पक्राउ

धनगढी । भीमदत्त नगरपालिका–३ सुभप्रभात टोलका सन्तोष पाण्डेयको घरका पाँच जनालाई ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ बेहोस बनाइ लुटपाट गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा सन्नी भनिने सेरा जाट र साहिल शर्मा छन् । विसं २०७८ माघ २१ गते पाण्डेयको घरमा कोठा भाडामा लिएर बस्दै आएका दुवै जनाले आफ्नो ‘वर्थ डे’ भएको जनाउँदै पाण्डेय परिवारलाई केकमा नशालु पदार्थ मिसाइ खान दिएका थिए ।
केक खाएपछि परिवारका सबै जना बेहोस भएपछि उनीहरूले गरगहना, मोबाइल सेट, ल्यापटपलगायतका सामग्री लुटेर फरार भएका थिए ।
“लुटपाटपछि दुवै फरार रहेका थिए”, प्रहरी नायब उपरीक्षक शाहले भने, “दुवै डाँका चोरी मुद्दामा कारागार कार्यालय धनगढी, कैलालीमा थुनामा रहेको जानकारी पाइएपछि जिल्ला अदालत कैलालीको आदेशले कार्यालयमा ल्याई आवश्यक अनुसन्धान गरिरहेका छौँ ।”
सोमबार लुटपाटमा संलग्न उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याइएको बताइएको छ ।















हुम्लामा हिमपातले जनजीवन प्रभावित
रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग
निर्वाचन ४० दिन : बाँकी समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
आज माघ १० गते शनिबार,कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया