पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता

पर्सा । नेकपा (एमाले) का तर्फबाट पर्सा क्षेत्र नम्बर ३ मा रूपेश कुमार पाण्डेले प्रतिनिधि सभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा मनोनयन पत्र दर्ता गराएका हुन् ।
मनोनयन दर्ता पश्चात् पाण्डेले आफ्नो मुख्य उद्देश्य यस क्षेत्रको चौतर्फी विकास रहेको बताए ।
यस्ता छन् पाण्डेका प्रतिबद्धता
शिक्षा र स्वास्थ्यमा सुधार: गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राख्ने।
नमुना क्षेत्र निर्माण: आर्थिक र सामाजिक रूपान्तरणमार्फत पर्सा–३ लाई देशकै नमुना निर्वाचन क्षेत्र बनाउने।
युवा नेतृत्व: युवा ऊर्जा र नयाँ सोचका साथ परिणाममुखी काम गर्ने प्रतिबद्धता।
उम्मेदवारी दर्तापछि पाण्डेले भने, “पर्सा–३ लाई विकासको नयाँ मोडमा पुर्याउन मेरो नेतृत्व ऐतिहासिक हुनेछ।“ उनको उम्मेदवारी र सक्रियतालाई स्थानीय स्तरमा निकै चासो र महत्त्वका साथ हेरिएको छ।
















चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
संयोजक प्रचण्ड सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
प्रतिक्रिया