सोमबार, वैशाख २१, २०८३

प्रदेश १ का मुख्यमन्त्री कोरोना संक्रमित

मेरोन्यूज २०७९ साउन १७ गते १०:०५

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित उनका परिवारजन कोरोना सङ्क्रमित भएका छन् ।

Advertisement
NiccNicc

मुख्यमन्त्री राईसहित उनकी श्रीमती शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राई कोरोना सङ्क्रमित भएका हुन् ।

मुख्यमन्त्रीका सचिवालयका १६ जनामा सोमवार पीसीआर परीक्षण गरिएको थियो भने सो क्रममा तीन जनामा कोरोना संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए।

उनका अनुसार कोरोना संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको तथा मुख्यमन्त्रीका पुर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको छ ।

संक्रमित तीनै जना हाल होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया