गुनासो बढेपछि बजार अनुगमन सुरु

डोटी । डोटीमा दैनिक उपभोग्य वस्तुको मूल्यमा व्यापारीले मनोमानी गरी मूल्यवृद्धि गरेको जनगुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्न सुरु गरेकोे छ । जिल्लामा दाल, चामल, तेल, मसला तथा सागसब्जीको मनपरि मूल्य लिदै आएको गुनासो बढेपछि बजार अनुगमन सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय तथा उद्योग वाणिज्य सङ्घले संयुक्तरूपमा यहाँका विभिन्न बजार अनुगमन गर्न थालेका छन् ।
यहाँका बजारमा विगतको समयमा चामल प्रतिकिलो रु ८० पर्नेमा हाल रु ११०देखि १२०, खाने तेल रु ४००, दाल रु १००, गोलभेँडा रु १६० पुगेको छ । आलु प्रतिकिलो रु १००, भिन्डी रु ७०, काउली रु ९०, रायोको साग मुठाको रु ५०, लौका र फर्सी प्रतिकिलो रु ४० देखि ५० पुगेको उपभोक्ताको गुनासो छ । डोटीमा साग तरकारीलगायत अन्य खाद्यान्न वस्तुमा समेत व्यापारीले मनपरि मूल्य बढाएको गुनासो आएपछि बजार अनुगमनलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताए । उनले भने, “आफुखुसी दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरी बिक्री वितरण गर्ने व्यापारीलाई कानुनबमोजिम कारबाही गरिने छ, आफुखुसी मूल्यवृद्धि गर्न पाइँदैन ।”
बजार मूल्यमा एकरुपता कायम गराउन तथा तोकिएको मूल्यभन्दा बढी मूल्य नलिनसमेत जिल्ला प्रशासनले सबैमा आग्रह गरेको छ । पछिल्लो केही दिनयता जिल्ला प्रशासनले प्रमुख व्यापारी केन्द्र पिपल्ला, दिपायल, राजपुर, एयरपोर्ट तथा सिलगढीका बजारमा अनुगमनलाई तीव्रता दिएको छ । दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि नहोस् र उपभोक्ता नठगिऊन् भन्ने उद्देश्यले प्रभावकारी बजार अनुगमन सुरु गरिएको प्रशासकीय अधिकृत दीपा जोशीले बताए । उनले भने, “तोकिएको मूल्यभन्दा बढी रकम लिएर उपभोक्ता ठग्ने जोसुकैलाई तत्काल कारबाही गर्छौँ ।”
जिल्लामा मूल्यवृद्धिको कारण देखाइ यहाँका व्यापारीले हरेक वस्तु तथा सेवामा कालोबजारी गर्ने, मनोमानी मूल्यवृद्धि गर्ने, मिति सकिएको वस्तु बिक्री वितरण गर्ने गरेका कारण दिनहुँ उपभोक्ता ठगिने गरेको गुनासो आउने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख निराजन मगरले बताए ।
अनुगमनमा टोलीले यहाँको गोपघाट, कालागाढ, बानीड्ग्रीसैनलगायत क्षेत्रमा रहेका पसलमा पनि अहिले अनुगमन गरिरहेको छ । उपभोक्ताका अनुसार यहाँका सहरसहित ग्रामीण क्षेत्रका पसलमा व्यापारीले मनपरि मूल्य लिने गरेका छन् । अनुगमन समितिले यहाँका प्रमुख बजारसहित अन्य बजारमा मूल्यसूची, अखाद्य वस्तु भए÷नभएका बारेमा जानकारी लिनाका साथै गोदाममा कति खाद्यवस्तु मौज्दात छ सो विषयमा जानकारी लिन थालेको छ । जिल्लामा उपभोक्ताको अनुहार हेरेर खाद्य वस्तुदेखि अन्य सामानको मूल्य निर्धारण गर्ने चलन रहेको दिपायल सिलगढी नगरपालिका–९ का रामसिंह साउदले बताए ।
उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले आफूखुसी मूल्य निर्धारण गरी तोकिएको मूल्यभन्दा बढी रकम लिएर उपभोक्ता ठग्नेलाई हदैसम्मको कारबाही हुनुपर्नेमा जोड दिए । उनले भने, “कुनै पनि वस्तुको मूल्यमा एकरुपता हुनुपर्छ, आफूखुसी बिक्री वितरण गर्नेलाई कारबाही हुनुपर्छ ।” उता बजार अनुगमन कार्यविधि, विसं २०७७ ले अखाद्य वस्तुको कारोबार गर्नेलाई निरीक्षण अधिकृतले पक्राउ गर्न सक्नेसम्मको अधिकार दिएको छ ।
















सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया