विपद्का घटनामा गृहमन्त्री खाणको चासो

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मुलुकका विभिन्न स्थानमा गएको बाढी र पहिरोले पुर्याएको क्षति तथा राहत र उद्धारबारे भइरहेका कामबारे सम्बन्धित निकायसँग जानकारी लिएका छन् ।
गृहमन्त्री खाणले बाजुराको मालिका गाउँपालिका–२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा गएको पहिरोले पुर्याएको सडक अवरोध र चितवनकै इच्छाकामनामा गएको पहिरोबाट भएको क्षति, उद्धार, राहत र सडक लिएका हुन् ।
खाणले नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख नायब महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, म्याग्दीका प्रहरी प्रमुख नायब उपरीक्षक तिलक भारतीलगायतलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएका हुन् ।
सोमबार राति म्याग्दीको मालिका गाउँपालिका–२ रुममा माथिबाट झरेको पहिरोले घामबहादुर विकसहित दुई जनाको घर बगाउँदा विक, उनकी श्रीमती, दुई छोरा र एक छोरीसहित ७ जना बेपत्ता भएका थिए । तीमध्ये दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको, दुई जनाको शव फेला परेको र बाँकी अझै बेपत्ता रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी रानाले जानकारी दिए ।
पहिरो गएको स्थान सदरमुकामबाट साढे तीन घण्टा पैदल दूरीमा पर्ने विकट स्थानमा रहेको उनले बताए । घाइतेलाई उद्धार गर्ने र बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको उनले बताए ।
यता नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत भरतपुर महानगर–२९ केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । लेदो बगिरहेकाले तत्काल अवरुद्ध सडक खुल्ने सम्भावना नरहेको चितवनका प्रजिअ तामाङले बताए ।
मुग्लिङ–नारायणगढ सडकखण्डकै २० किलो र २१ किलो भन्ने स्थानमा पनि पहिरो गएको उनले बताए । अहिले नारायणगढ तर्फबाट जुगेडीमा सवारी साधन रोकिएको र पहिरोका कारण फसेकालाई सरकारी गाडीबाट चितवनसम्म ल्याउने कार्य भइरहेको प्रजिअ तामाङले बताए ।
सडकमा रहेको अवरोध तत्काल हटाउन सक्ने अवस्था नरहेकाले रुट परिवर्तन गर्न सूचना जारी गरिएको पनि उनले बताए ।
















वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया