भारतमा कोरोना सङ्क्रमण घट्दै

नयाँदिल्ली । बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १३ हजार सात सय ३४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ ।
देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाख ५० हजार नौ पुगेको छ । हिजो सोमबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा १६ हजार ४६४ जना सङ्क्रमित भएका थिए । देशभर एक लाख ३९ हजार सात सय ९२ सक्रिय सङ्क्रमित छन् ।
यसैगरी १७ हजार आठ सय ९७ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३३ लाख ८३ हजार सात सय ८७ पुगेको छ ।
कोरोना सङ्क्रमणबाट ३४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट पाँच लाख २६ हजार चार सय ३० जनाको मृत्यु भएको छ । महामारी सुरु भएयता ८७ करोड ७५ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब चार करोड ६० लाख ८१ हजार ८१ मात्रा खोप लगाइएको छ ।
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया