भारतबाट फर्किएका २४ जनामा कोरोना पुष्टि
काठमाडौँ । भारतबाट फर्किएका २४ जनामा कोरोना संक्रमण देखा परेको छ । सुदूरपश्चिम प्रदेशमा आज ५० जनामा संक्रमण पुष्टि हुँदा २४ जना भारतबाट फर्किएका रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मंगलबार गड्डाचौकी नाकाबाट फर्किएका १९, गौरीफन्टाबाट तीन र झुलाघाट नाकाबाट फर्किएका दुई जनामा संक्रमण देखिएको हो । यस्तै, कैलालीमा ११ र कञ्चनपुरमा थप १५ जनामा संक्रमण पुष्टि भएको छ ।
यस प्रदेशका भारतसँग सीमा जोडिएका नाकामै कोरोना परीक्षण कार्य जारी रहेको हो । सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैको एन्टीजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
सुदूरपश्चिममा हालसम्म पाँच लाख ६० हजार ३०३ को कोरोना परीक्षण गरिएकोमा ६० हजार १७ मा संक्रमण देखिएको छ । संक्रमणका कारण हालसम्म ६३३ को ज्यान गइसकेको छ ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया