शनिबार, पुष ५, २०८२

इरानमा बाढीमा परी मृत्यु हुनेको संख्या ७६ पुग्यो

मेरोन्यूज २०७९ साउन १७ गते २०:४६

काठमाडौँ । इरानमा हालै आएको बाढी पहिरोमा मृत्यु हुनेको सँख्या ७६ पुगेको छ । देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीको मृत्यु भएको सरकारी अधिकारीले मँगलबार जनाएका छन् ।

इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले बाढी पहिरोमा परेर बेपत्ता भएका १६ जना अझै नभेटिएको जानकारी दिए ।

बेपत्ता भएकाको अझै खोजी कार्य जारी रहेको र त्यसका लागि उद्धारकर्ता, सुरक्षाकर्मी लगायतलाई खटाइएको उनको भनाइ छ । इरानमा यही जुलाई २३ देखि भारी वर्षा भएको र वर्षाले बाढी पहिरो आएकाले ठूलो क्षति भएको अधिकारीले बताएका छन् ।

बाढी पहिरोले १६७ क्षेत्र, १३० सहर, १३ सय ८६ गाउँ र १५३ सडक प्रभावित भएको जनाइएको छ । यस अवधिमा ६१ हजार १२७ जनालाई राहत सामग्री उपलब्ध गराइएको छ ।

प्रतिक्रिया