इरानमा बाढीमा परी मृत्यु हुनेको संख्या ७६ पुग्यो
मेरोन्यूज
२०७९ साउन १७ गते २०:४६
काठमाडौँ । इरानमा हालै आएको बाढी पहिरोमा मृत्यु हुनेको सँख्या ७६ पुगेको छ । देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीको मृत्यु भएको सरकारी अधिकारीले मँगलबार जनाएका छन् ।
इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले बाढी पहिरोमा परेर बेपत्ता भएका १६ जना अझै नभेटिएको जानकारी दिए ।
बेपत्ता भएकाको अझै खोजी कार्य जारी रहेको र त्यसका लागि उद्धारकर्ता, सुरक्षाकर्मी लगायतलाई खटाइएको उनको भनाइ छ । इरानमा यही जुलाई २३ देखि भारी वर्षा भएको र वर्षाले बाढी पहिरो आएकाले ठूलो क्षति भएको अधिकारीले बताएका छन् ।
बाढी पहिरोले १६७ क्षेत्र, १३० सहर, १३ सय ८६ गाउँ र १५३ सडक प्रभावित भएको जनाइएको छ । यस अवधिमा ६१ हजार १२७ जनालाई राहत सामग्री उपलब्ध गराइएको छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
प्रतिक्रिया