वृश्चिक राशी व्यक्तिलाई यात्रामा समस्या आउनसक्छ, तपाईंको दिन कस्तो ?

आज १८ साउन २०७९, बुधबार । तद्नुसार अगष्ट महिनाको ३ तारिक २०२२ । श्रावणशुक्लपक्ष षष्ठी, बालव करण, हस्त नक्षत्र, सिद्ध योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः२८ र सूर्यास्त ६ः५२ मा हुनेछ । आजको देवता कार्तिकेय, र ग्रहदेव केतु रहेको छ । बुधबारको दिन घर गृहस्थ सम्बन्धी कार्य गर्दा शुभ हुनेछ । आज विहान ११ः४४ देखि १२ः३७ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्दा राम्रो हुनेछ । विहान १२ः११ देखि १ः५१ सम्मको समय राहुकाल रहेको छ । यो समयमा कुनै पनि शुभकार्य गर्नुहुँदैन । बुधबारको दिन आर्थिक कारोबारको लागि शुभ मानिन्छ ।
मेष
मेष राशिको जातकको लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुने देखिन्छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनु होला । मित्रजन र घर परिवारबाट साथ सहयोग मिल्नेछ । विगतमा रोकिएका कामहरु सम्पन्न हुनेछ ।
वृष
तपाईले आजको दिन विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । आर्थिक हानी लाभ दुवै हुन सक्ने छ । त्यसैले आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफन्तजनसँग वादविवाद हुनसक्छ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।
मिथुन
आजको दिन यात्रा गर्न लाग्नु भएको छ यात्रा कष्टकर हुनेछ । मनमा अशान्ति छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु वेश हुनेछ । ध्यान साधनामा समय विताउनु भयो भने मनमा उर्जा प्राप्त हुनेछ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । कसैसँग पनि विवाद नगर्नुहोला । आफ्नो नियमित काममा मात्र ध्यान दिनुहोला ।
कर्कट
आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुन सक्छ । आजको दिन मौन रहनु होला । कसैसँग पनि वादविवाद गर्दा तपाईको लागि अपजस आउनसक्छ । त्यसैले आजको दिन मेरो लागि यस्तै नियमको पालना गर्नु ठीक छ भनेर पालना गर्नु
सिंह
तपाईलाई आज आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुन सक्छ । परिवारको साथ पाउने योग रहेको छ । तपाईले गर्नु भएको कामबाट सन्तुष्ठ प्राप्ति होला । सकारात्मक सोच लिनु वेश हुनेछ । कसैसँग पनि विवाद नगर्नुहोला । मौन रहनु, आफ्नो काममा मात्र ध्यान दिनु । वादविवाद हुने काम नगर्दा राम्रो हुनेछ ।
कन्या
मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नु होला । कुनै नयाँ काम गर्न आट्नु भएको छ भने बाधा आउन सक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । विहानको सूर्योदयको दर्शन गर्नुहोला ।
तुला
तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । तपाईले आज सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ । सामाजिक काममा लाग्ने गर्नु भएको छ भने मानसम्मान प्राप्त हुनेछ । परिवार र आफन्तजनले तपाईले गरेको कामको निकै प्रसंशा गर्नेछन् । सरकारी काम रोकिएको छ भने शुरु गर्दा राम्रो हुनेछ । साथै नयाँ कामको पनि थालनी हुन सक्नेछ ।
वृश्चिक
समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ ।
धनु
तपाईलाई व्यापार व्यवसायबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, परिवारबाट नयाँ कार्ययोजना र आफन्तजनको सहयोग हुनेछ । धनु राशिका जातकको लागि आजको दिन कुमारी कन्याहरुलाई भोजन र दान दिनुभएकामा तपाईको उन्नती र प्रगतिको बाटोहरु खुल्ने छन् ।
मकर
सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । यात्रा गर्नुअघि एकपटक सोच्नुहोला । यदी यात्रा गर्नुछ भने पूर्व तर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यहरुको साथ सहयोगले नयाँ काम हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहानको सूर्योदयको दर्शनपछि शुरु गरेको काम सफल हुनेछ ।
कुम्भ
कुम्भ राशिका जातकको लागि आजको दिन स्वास्थ्यसमस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाई आफूबसेको स्थान नजिकको मठ मन्दिर जा देवालयमा जानु होला । आजको दिन अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यहरुले तपाईमाथि अनावश्यक आरोप पनि लगाउन सक्छन् ।
मीन
विहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । काममा धैयता र नियमित काम बाहेक नयाँ काम नगर्नुहोला । व्यापार व्यवसायमा लाभ हुनेछ । शिवालय यात्रा फलदायी हुनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । आजको दिन घर गृहस्थको लागि केही नयाँ सामग्री खरिद गर्न सक्नु हुनेछ । शिवालयको यात्राका लागि जानुहोला ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया