यु–२० नेपाली फुटबल टोली आज स्वदेश फर्कदै

काठमाडौं । भारतमा जारी २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा सहभागी नेपाली टोली आज स्वदेश फर्कँदै छ। भारतको भुवनेश्वमा भएको प्रतियोगितामा फाइनलमा प्रवेश गर्नका लागि जीत हासिल गर्न नसकेको नेपाली टोली आज अपरान्ह नेपाल फर्कन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाली टोली दिउँसो ४ वजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ।
सो प्रतियोगितामा नेपाल दुई खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको थियो। प्रतियोगिताभर नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो भने भारतसँग ८–० को फराकिलो अन्तरले हार ब्योहोरोको नेपालले बंगलादेशसँग भने १–१ को बराबरी खेलेको थियो।
सो प्रतियोगितामा भारतले फाइनलको यात्रा तय गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको थियो। उपाधिका लागि अब भारत र बंगलादेश भिड्ने भएका छन्।
















जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया