तेस्रोपटक किन रिलिज हुँदैछ ‘चपली हाइट ३’

काठमाडौं । चलचित्र ‘चपली हाइट ३’ तेस्रोपटक रिलिज हुने भएको छ । चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो ।
पछिल्लो समय कोभिडको मारमा परेको भन्दै निर्माता अर्जुन कुमारले तेस्रोपटक रिलिज गर्न लागिएको बताए । ‘हाम्रो फिल्म दुईपटक नै रिलिज हुँदा कोभिडको मारमा प¥यो । कोभिड कम भएलगत्तै रिलिज भएकाले दर्शक हलसम्म आउने वातावरण बनेन । त्यसकारण यसपटक रिलिज गरेका हौँ,’ निर्माता अर्जुन कुमारले भने ।
उनले दर्शककै मागका कारण रिलिज हुन् लागेकोसमेत बताए । निर्देशक निकेश खड्काले अब फिल्म रिलिज नहुने बताए । ‘तेस्रोपटक रिलिज भयो, अब हुँदैन । अघिल्लो दुई रिलिजमा दर्शकले फिल्म हेर्ने वातवरण थिएन । राम्रो प्रतिक्रिया बटुले पनि कोभिडका कारण दर्शक हलसम्म आएनन्,’ उनले भने ।
‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतमलगायतका कलाकारको अभिनय छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया