रहेनन् चर्चित अभिनेता मिथिलेश चतुर्वेदी

काठमाडौं । फिल्म र टेलिभिजनका लोकप्रिय अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ । उनले गत बुधबार लखनउस्थित निवासमा अन्तिम श्वास फेरेका हुन् । उनी मुटुसम्बन्धी रोगबाट पीडित थिए ।
मिथिलेशलाई केही दिनअघि मात्र हृदयघात भएको थियो । त्यसपछि उनी गृहनगर लखनऊ गएका थिए । मिथिलेशले ‘कोई मिल गया’, ‘रेडी’, ‘ताल’, ‘सत्या’लगायतका फिल्ममा अभिनय गरेका थिए ।
फिल्म ‘कोई मिल गया’मा उनको कास्टिङ किस्सा निकै रोचक छ । निर्देशक राकेश रोशनले फिल्मको लागि काम गरिरहँदा उनले फिल्म ‘फिजा’ हेरेका थिए । यो फिल्ममा एक दृश्य छ, जहाँ अभिनेत्री करिश्मा कपूरले मिथिलेशको अनुहारमा पानी फ्याक्छिन् ।
यो दृश्य देखेपछि राकेश मिथिलेशबाट प्रभावित भएका थिए । त्यसपछि अर्को चरित्रका लागि रवि झाकडलाई बोलाउँदा रविले उनको नाम मिथिलेश चतुर्वेदी रहेको जानकारी दिएका थिए । यसपछि राकेशले मिथिलेशलाई बोलाए र फिल्ममा अनुबन्धित गरे ।
मिथिलेशले बलिउडमा डेब्यू सन् १९९७ मा ‘भाई भाई’बाट गरेका थिए । यसपछि उनले ‘सत्ता’, ‘ताल’, ‘फिजा’, ‘रोड’, ‘कोई मिल गया’, ‘गान्धी माइ फादर’ र ‘बन्टी बबली’ जस्ता फिल्ममा अभिनय गरे ।










पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया