तुलालाई आजको दिन काम सफलता मिल्ने ,तपाईको राशिफल कस्तो ?

काठमाडौं । आज मिति २० साउन २०७९, शुक्रबार । तद्नुसार अगष्ट महिनाको ५ तारिक २०२२ । श्रावणशुक्लपक्ष अष्टमी, विष्टि करण, स्वाती नक्षत्र, शुभ योग, चन्द्रमा तुला राशिमा रहेको छ ।
आज बिहान सूर्योदय ५:२९ मा हुनेछ भने ६:५२ मा सूर्यास्त हुनेछ ।
आजको देवता लक्ष्मी ग्रहदेव सूर्य रहेको छ । विहान ११:४४ देखि १२स्३७ सम्म अभिजित मुर्हूत रहेको छ । शुक्रबारको दिन यात्रा र मनोरञ्जनात्मक कार्यका लागि शुभ दिन मानिन्छ । आजको दिन देवालयको यात्रा पनि शुभ मानिन्छ । अन्तर्राष्ट्रिय आयात निर्यातको काममा लागि शुक्रबार र आजको दिन शुभ रहेको छ ।
अब लागौं आजको राशिफलतर्फ
मेष
मेष राशिका जातकका रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन नजिकको विष्णु मन्दिरमा यात्रा गर्दा मनमा खुसीयाली छाउने छ । सूर्योदयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । यात्रा निकै फलदायी हुनेछ ।
वृष
व्यापार व्यवसायबाट वृष राशिमा जातका लागि अर्थलाभ हुनेछ । सकारात्मक सोचले मात्र तपाईंले आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । तपाईंमाथि अनावश्यक आरोप लाग्नसक्छ । कुनै कुरा बोल्दा विचार गर्नुहोला । आजको दिन कुनै विवाद हुने काम कुरा नगर्नुहोला ।
मिथुन
आजको दिन परिवार र आफन्तजनहरुले तपाईंलाई साथ सहयोग दिनेछन् । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईको मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नैं वेश हुनेछ । मौन रहनु तपाईंको लागि आज निकै फलदायी रहेको छ ।
कर्कट
आजको दिन तपाईको शुभ रहेको छ । त्यसैले आजको दिन तपाईंको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ ।
सिंह
यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यहरुले तपाईलाई अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नैं बुद्धिमानी हुनेछ । अध्यामिक यात्राले तपाईलाई फाइदा हुनेछ ।
कन्या
कन्या राशिका जातका लागि आजको दिन आफन्तसँग सम्बन्धमा चिसो पन आउन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आजको दिन कन्याहरुलाई केही खानेकुरा दिनु उत्तम हुनेछ । कुनै देवीको मन्दिरमा यात्रा गर्दा पनि हुन्छ ।
तुला
आजको दिन शुरु गरेको काम सफल हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । अर्थहानी हुन सक्नेछ । चन्द्रमाको साथ रहेको छ । आज विहान सूर्योदयको दर्शन गर्नुहोला ।
वृश्चिक
वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । चन्द्रमाको साथ छ, सूर्योदयको दर्शन र जल अभिषेक गर्दा सोच अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ ।
धनु
धनु राशि भएका जातकका लागि ग्रहहरु बलिया छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले तपाईहरुको लागि मनोरञ्जन दिनेछ ।
मकर
आजको दिन मान सम्मान मिल्ने छ । विहानको सूर्योदयको दर्शन गरेपछिको दिन त उत्तम हुनेछ । आजको दिन देवस्थलको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । आजको यात्रा निकै फलदायी हुनेछ ।
कुम्भ
ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन व्रत गर्दा तपाईको मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । साँझको समयमा यात्रा नगर्नुहोला । आजको दिन शिवालय यात्रा गर्नुहोला ।
मीन
विहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ। व्यापार ब्यबसायमा हानी हुनसक्नेछ । आज व्रत गरेर, मौन रहेर नियमित काममा एकचित्त भएर लाग्नु वेश हुनेछ । शिवालय यात्रा गर्नु वेश होला ।














दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
टोखाबाट यसवर्ष पाँच करोड बढीको चाकू बिक्री
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
प्रतिक्रिया