मेलिना राई र सञ्जिव बराइलीको इन्गेजमेन्ट तोडियो

काठमाडौं । गायिका मेलिना राई र गितारिष्ट सञ्जिव बराइलीबीच विवाह नै नगरी ‘ब्रेकअप’ भएको छ । उनीहरुले केही महिनाअघि मात्र ‘इन्गेजमेन्ट’ गरेको तस्बिर सोशल मिडियामा सार्वजनिक गरेका थिए ।
गायिका मेलिनाले सञ्जिवसँग इन्गेजमेन्टको तस्बिर सार्वजनिक गरेपछि भनेकी थिइन्– ‘हामीले पहिलो लकडाउनकै बेला इञ्जेगमेन्ट गरेका हौंँ । यसै वर्षभित्र विवाह गर्दैछौँ ।’ तर, उनीहरुबीच अब विवाह होइन, ब्रेकअप भएको छ ।
मेलिनाले सञ्जिवसँग ‘ब्रेकअप’ भएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्जनिक गरेका छन् ।
मेलिनाले फेसबुकमा लेखेका छन:-
‘बिषय – Engagement तोडिएको जानकारी ! केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो । फेरि सबै engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको engagement तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’










देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया