रिमेक फिल्ममा अभिनय गर्दैनन् यी साउथ स्टार

मुम्बई/ बलिउडको जस्तै दक्षिण भारतीय फिल्ममा पनि रिमेकको चलन निकै छ । साउथ फिल्म स्टारहरु पनि रिमेक फिल्म बनाउँछन् । धेरै कलाकारहरु रिमेक फिल्मकै कारण सफल भएका छन् । तर यो सूचीमा यस्ता केही स्टार छन्, जसले आफ्नो करियरमा कहिल्यै रिमेक फिल्ममा अभिनय गरेनन् ।
महेश बाबु

यो सूचीका शीर्षस्थानमा अभिनेता महेश बाबु पर्छन् । उनले फिल्म उद्योगमा लामो यात्रा तय गरिसकेका छन् । यो यात्रामा उनले कैयौं सानदार फिल्म दिएका छन् । तर उनले आजसम्म पनि कुनै फिल्मको रिमेकमा अभिनय गरेका छैनन् । उनी रिमेक फिल्म प्रति रिस पोख्छन् ।
अल्लू अर्जुन

‘पुष्पा’ स्टार अल्लू अर्जून पनि रिमेक फिल्मप्रति घृणा गर्छन् । उनी जहिल्यै नयाँ स्क्रिप्ट रोज्छन् र उनी दर्शकलाई नयाँ कथा देखाउन मनपराउँछन् । उनले हालसम्म कुनै पनि रिमेक फिल्ममा अभिनय गरेका छैनन् ।
विजय देवरकोण्डा

यो सूचीमा ‘लाइगर’ स्टार विजय देवरकोण्डा पनि पर्छन् । जो रिमेक फिल्मलाई मनपराउँदैनन् । उनले आफ्नै फिल्म ‘जर्सी’को रिमेकको अफर अस्वीकार गरेका थिए ।
नानी

तेलुगु फिल्म स्टार नानी पनि यस्ता कलाकार हुन्, जसलाई रिमेक फिल्ममा काम गर्न कुनै पनि अवस्थामा मनपर्दैन । उनले आफ्ना लागि रिमेक फिल्म उपयुक्र्त नभएको अन्तरवार्ताहरुमा बताइसकेका छन् । यद्यपि यिनै अभिनेता अभिनित ६ फिल्म विभिन्न भाषामा रिमेक भइसकेका छन् ।
राणा दग्गुबाती

‘बाहुबली’ का भल्लालदेव उर्फ राणा दग्गुबाती पनि रिमेक फिल्मलाई घृणा गर्छन् । उनी हरेक फिल्ममा नयाँ कथा खोज्छन् ।
अखिल अक्किनेनी

नागा चैतन्यका भाई अखिल अक्किनेनी अहिले फिल्म उद्योगमा आफ्ना लागि नयाँ स्थानका खोजीमा छन् । यद्यपि उनलाई पनि रिमेक फिल्ममा अभिनय गर्न मनपर्दैन ।
साई धरम तेज

तेलुगु स्टार साईं धरम तेज पनि रिमेक फिल्ममा काम गर्दैनन् । उनले उद्योगमा हालसम्म लामो समय बिताएका त छैनन् । तर उनी आफ्नो फिल्मको कथामा निकै ध्यान दिन्छन् ।










देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया