ऋतिककी पूर्व पत्नी सुजैन अर्सलानसँग विवाह गर्दै

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान हालका दिनमा अर्सलान गोनीसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । सुजैन र अर्सलान प्रायः डिनरदेखि लिएर विभिन्न पार्टीमा भेटिइरहन्छन् । हालैमात्र यो जोडी छुट्टी मनाउन गएका थिए, जसको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
दुई सन्तानकी आमा सुजैन ऋतिकसँग मिलेर मोर्डन पेरेन्टिङका माध्यमबाट बच्चाको पालनपोषण गरिरहेकी छन् । समाचार अनुसार सुजैन चाँडै अर्सलानसँग विवाह गर्दैछिन् ।
सुजैन र अर्सलान निकै मेच्युर भइसकेका छन् । त्यहीकारण उनीहरु आफ्नो जिन्दगी एकसाथ बिताउन चाहन्छन् । त्यसकारण चाँडै नै विवाह गर्ने तयारीमा छन् । सुजैनले पनि दोस्रो विवाहका लागि गम्भीरतापूर्वक विचार गरिरहेकी छन् । उनीहरुले साधारण तरिकाले विवाह गर्ने योजना बनाएका छन् ।
ऋतिक र सुजैनले सन् २००० मा विवाह गरेका थिए । यो जोडी बलिउडमा रुचाइएको जोडीमा पर्दथे । तर दुवैको सम्बन्ध लामो समय चल्न पाएन । उनीहरुले सन् २०१३ मा डिभोर्स गरे ।















धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया