लादेन परिबारबाट दान स्वीकारेपछि विवादमा तानिए बेलायती राजकुमार

एजेन्सी (लन्डन) / बेलायती राजगद्दीका उत्तराधिकारी राजकुमार चाल्र्सले सेप्टेम्बर ११ का मुख्य आरोपित ओसामा बिन लादेनको परिवारबाट आफ्नो परोपकारी ट्रस्टलाई १ मिलियन पाउन्ड दान स्वीकार गरेपछि विवादमा तानिएका छन् । दान स्वीकार गरेसँगै ७३ वर्षीय राजकुमारको परोपकारी संस्थाले गल्ती गरेको आरोप लागेको छ ।
सल्लाहकारले दान नलिन सुझाव दिए पनि चाल्र्सले बकर बिन लादेन र उनका भाइ साफिकबाट शफिक चन्दा लिएका थिए । ती दुबै जना ओसामा बिन लादेनका सौतेला भाइ हुन् ।
सन् २०१३ मा लन्डनको क्लेरेन्स हाउसमा ७६ वर्षीय बकरसँगको भेटपछि ७३ वर्षीय चाल्र्सले प्रिन्स अफ वेल्स च्यारिटेबल फण्ड (पीडब्लूसीएफ)लाई चन्दा लिन सहमति जनाएका थिए । उक्त विषयमा ट्रस्ट र उनको कार्यालयका सल्लाहकारले आपत्ति जनाएका थिए ।
पीडब्लूसीएफका अध्यक्ष इयान चेसााइरले उक्त चन्दा लिन त्यसबेला पाँच ट्रस्टीहरूले सहमति जनाएका थिए।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया