फिल्म सोसाइटीको अध्यक्षमा अभिनेता मल्ल
मेरोन्यूज
२०७९ साउन २१ गते १३:५१

काठमाडौं । वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः नियुक्त भएका छन् । सोसाइटीको साधारण सभाबाट मल्ल अध्यक्षमा पुनः नियुक्त भएका हुन् ।
अध्यक्षमा पुनः नियुक्त भएपछि अध्यक्ष मल्लले नेपालको कलाकारिताको विकासमा आफु कटिबद्ध भइ लागिपर्ने प्रतिबद्धता जनाए । यसैगरी सोसाइटीको उपाध्यक्षमा अभिनेता पुरन जोशी, मोहनकृष्ण श्रेष्ठ र नारायण प्रधान, महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टङ्कनाथ पौडेल र कोषाध्यक्षमा शङ्करलाल श्रेष्ठ निर्वाचित भएका छन् ।
यसैगरी सदस्यमा क्रमशः चेतबहादुर सिंह, सानुकुमार ताम्रकार, दुर्गा बिसुराल, सुनिल कटुवाल, वाईएल लामा, मधुकुमार श्रेष्ठ र सुभाष खड्का सर्वसम्मत चयन भएका छन् । नेपाल फिल्म सोसाइटीको शाखा अमेरिका र बेलायतमा समेत छ ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया